किशोर-किशोरीको मानसिकता प्रभावित, सातमध्ये एक मानसिक पीडित

काठमाडौं । संयुक्त राष्ट्र बाल कोष अर्थात् युनिसेफका अनुसार संसारमा २.२ विलियन बालबालिका छन् । जुन यो संसारको जनसंख्याको २८ प्रतिशत हो । कोरोना महामारीकालमा लगाइएको लकडाउनका कारण उनीहरु स्कुल जानबाट वञ्चित भए । जसका कारण अनलाइन कक्षाको भर पर्नुपर्याे ।
यसरी डिस्टेन्स स्कुल एडुकेसनका लागि बाध्य हुनेहरुले गम्भीर चुनौतीको सामना गर्नुपर्याे । यसबीच अधिकांश मानिस अनिश्चितताबीच महामारीमा कसरी जीवित रहने भन्ने चिन्तामा परे ।
कोरोना महामारीका दौरान कैंयन् मानिसले निकै खराब स्थितिको सामना गर्नुपर्याे । शिक्षा तथा सेवा-क्षेत्रमा निकै ठूला परिवर्तन आए । अनलाइन तथा भर्चुअल कामले मानिसहरुको अलगाव, एक्लोपन, चिन्ता तथा मानसिक तनावको भावनालाई बढाउने काम गर्याे । अमेरिकन साइकोलजिकल एसोसिएसनले चिन्तालाई एउटा भावनाका रुपमा परिभाषित गरेको छ जुन चिन्तित विचार, शारीरिक परिवर्तन तथा तनावको भावनाका कारण उत्पन्न हुन्छ ।
सातमध्ये एक किशोर- किशोरी मानसिक चिन्ताले पीडित
युनिसेफ कोभिड तथा लकडाउनले बालबालिका एवं युवाहरुलाई कसरी प्रभावित गर्याे भन्ने कुराको जाँचका लागि महत्त्वपूर्ण क्रस-सेक्सनल शोध गरिएको थियो जसको निष्कर्षबाट के बुझ्न सकिन्छ भने यस किसिमको प्रभावले कैंयन् प्रकारको जोखिमलाई बढावा दिन्छ । यसमा उमेर, शैक्षिक स्थिति, पहिलेदेखि विध्यमान मानसिक स्वास्थ्य स्थिति तथा संक्रमण वा संक्रमणको डरले क्वारेन्टिइन बसेको लामो अनुभवले समेत भूमिका खेल्छ ।
कोरोनाको लहरका दौरान साना बालबालिका तथा किशोर-किशोरीमा कोभिड संक्रमणदर अपेक्षाकृत कम भए पनि उनीहरु जस्तो तनावमा थिए त्यसले उनीहरुको मानसिक स्थितिलाई निकै संवेदनशील बनाइदियो ।
विशेषज्ञहरुका साथ अनुसन्धान दलको कुराकानीमा के कुरा स्पष्ट देखियो भने वयस्कहरुको तुलनामा बालबालिका तथा किशोर-किशोरीमा महामारीका दौरान मानसिक स्वास्थ्यमाथि बढी प्रतिकूल प्रभाव पर्याे ।
युनिसेफका अनुसार, अहिले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सात किशोर-किशोरीमध्ये एकभन्दा बढी मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताले पीडित छन् ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया