लखनऊलाई १८ रनले पराजित गर्दै बैंग्लोर दोस्रो स्थानमा

नेपालखोज २०७९ वैशाख ७ गते ६:२८

काठमाडाैं । इन्डियन प्रिमियिर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ ।

गयराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै बैंग्लोर दोस्रो स्थानमा उक्लिएको हो । बैंग्लोर र शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको समान १०–१० अंक रहेको छ ।

गयराति बैंग्लोरले दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्रै बनाउन सक्यो । पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।

प्रतिक्रिया