बिहीबार, जेठ ३, २०८१

‘आफ्नो थैलो बलियो गरी बाँधौं, सबै ठीक हुन्छ’

नेपालखोज २०७९ वैशाख ७ गते १५:२१

चलचित्र निर्माता प्रदीपकुमार उदय लेख्छन्-
अहिले विदेशी फिल्मले शो धेरै पायो भनेर केही चलचित्रकर्मीहरू चलचित्र विकास बोर्ड गएर ज्ञापन पत्र दिएको फेसबुकमा देखेर अचम्मित भए ।
र याद आयो
हिजो हल खुले पछि नेपाली चलचित्र चलाउन पहिला विदेशी चलचित्र चलाएर हल चलायमान बनाउनु पर्छ भनेको ।
याद आयो
हिजो नेपाली चलचित्र महोत्सव बिरगंजमा महोत्सव तताउन विदेशी कलाकार गोविन्दालाई बोलाएको ।
याद आयो
टिकटक भरी विदेशी चलचित्रको गित र सम्बादमा नेपाली कलाकार रमाएको
याद आयो
कोरोनाले चलचित्र क्षेत्र विशेष गरी चलचित्र भवन धरासायी हुदा कोई यसरी विकास बोर्ड वा सम्वन्धित ठॉउमा डेलिगेशन नगएको
याद आयो
कला र कलाकारितामा भुगोलको सिमाना हुँदैन भनेको
याद आयो
नेपाली कलाकारको निधन हुँदा चासो नराख्ने र सुशान्त सिंहले आत्महत्या गर्दा नेपाली चलचित्रकर्मीहरूले फेसबुक रंगाएको
याद आयो
बाहुबली आउँदा कटप्पा ने बाहुबलीको क्यो मारा भन्दै फेसबुक रंगाएको
याद आयो
विदेशी चलचित्र बहिस्कार गरौं भन्दै नेपाली चलचित्रकर्मीहरू विदेशी चलचित्रको पहिलो शो तँछाड मछाड गर्दै हेर्न गएको
याद आयो
आफ्नो सहकर्मीको जन्मदिन याद नहुने तर विदेशी कलाकारको जन्मदिनमा फेसबुकभरि जन्मदिनको शुभकामना दिएको ।
याद आयो
दर्शक भगवान् हुन भन्ने त्यही दर्शकले विदेशी फिल्मलाई प्राथमिकतामा राख्दा दर्शकको चाहनालाई गलत भनेको
याद आयो
यस्तै यस्तै
दुईवटा रेखा छ र एउटा रेखा ठूलो बनाउन अर्को रेखा मेट्ने होइन रेखा जोडेर ठूलो बनाउने हो ।
आफ्नो थैलो बलियो गरी बाँधौं । सबै ठीक हुन्छ ।
उदयको स्टाटसमा केही टिप्पणी :

काकालाई याद मात्रै आएछ..।
लक्ष्मण सुवेदी

अब साउथका हिन्दी फिल्म नेपाली फिल्मलाई मात्रै होइन हलिउड बलिउडका फिल्म लाई पनि चुनौती बन्दै छन । नेपाली फिल्मको आफ्नै पहिचान र राम्रो फिल्म बनाउनुको विकल्प छैन। जय नेपाली चलचित्र ।
जनकदीप पराजुली

कलाको कुनै भुगोल हुदैन भन्छौं हामी । फेरि हामि नै भन्छौ रोक/नियन्त्रण लगाऔ । रोक लगाउने होइन हामी आफ्नो गुणस्तर वृद्धिमा लागौं । कला क्षेत्र नै भुगोल,भाषाका आधारमा चलचित्रलाई रोक्ने वा अङ्कुश लगाउन सक्रिय बन्नु दु:खद हो । अरुलाई रोकेर होइन आफुलाई सुधारेर जितौ । क्षेत्रलाई उद्योग बनाऔं ।
सुशन घिमिरे

प्रेम आलेले सलमान खान शोको टिकट किनेको याद आयो।।
तर राष्ट्रिय चलचित्र नीति कहाँ छ कसैलाई याद आएन ।
कृष्ण मल्ल

हैट आगो हैन ज्वालामुखी नै आयो त ?
दिनेश श्रेष्ठ

एउटा बुंदा छुटेछ । करौडो खर्चेर हिन्दी चलचित्रका कलाकार बोलाउन लागेको पनि याद आयो ।
शिव सत्याल

कलाको क्षेत्र राजनीतिक सिमाना भित्र कैद हुदैन भन्ने कुरा सामान्य नै हो। कबिता राम्रो छ।
भीमनाथ शर्मा

पढ्दा नि आनन्द आयो ।
मञ्जरी गैरे पराजुली

Aafu Ramro film banauna nasakne khali roilo matra garne dekhi ni Achamma lagxa.film ramro bhaye show Aafai baddai gaihalchha ni.
बराल एसआरबी

Rajesh hamal dai lai ta mahanayak hoina bhanxan tyo pani yaad aunxa .
अम्जद अली

अन्य : गज्जब , कडा आयो ! , ठिक हो । , यथार्थ सत्य । , बिल्कुल सहि बात , सहि कुरा , Gajabko kuro , ? agree , Kuro sahi aayo , Very true .

प्रतिक्रिया