मुख्यमन्त्री महिला गोल्डकपः एपीएफ फाइनलमा
नेपालखोज
२०७९ वैशाख ८ गते ७:२७

काठमाडाैं । विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेकाे छ ।
कैलालीको धनगढीमा जारी प्रतियोगिातामा बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफ आर्मीलाई ३–२ ले हराउँदै फाइनलको यात्रा तय गर्न सफल रह्यो । एपीएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काईन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन् ।
सम्बन्धित

प्रतिक्रिया