पाटनकाे अक्सिजन प्लान्टमा विस्फोट : एकजनाको मृत्यु, ६ घाइते
नेपालखोज
२०७९ वैशाख ८ गते १२:०१

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ । विस्फोटका क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो छन् । प्रहरीका अनुसार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको हो ।
घाइतेहरूको उद्दार गरी पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
सम्बन्धित
प्रतिक्रिया