किन गर्दै छन् गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा ?

नेपालखोज २०७९ वैशाख ८ गते १६:५५

काठमाडौं । सत्ता साझेदार दलहरुले संयुक्त रुपमा सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो । बालुवाटारमा बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । सातै प्रदेशमा पाँचदलिय गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले समेत सम्बोधन गर्ने बताइएको छ । साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय भएको छ । गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिनका लागि शीर्ष नेताले अपिल गर्ने छन् ।

गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा बुधबारमात्र मिलाएको थियो । नगरपालिका र गाउँपालिकामा भागबन्डा गर्ने जिम्मा जिल्ला र प्रदेश तहलाई गठबन्धनले दिएको छ । तर गठबन्धनका साझा उम्मेदवार महानगर र उपमहानगरमा पराजित हुन सक्ने भन्दै चुनावी सभा गर्न लागिएको हो । अन्तरघातको सम्भावना रहेको भन्दै शीर्ष नेताले आफू निकट मतदातालाई विजयी गराउन अपिल गर्नेछन् ।

भागबन्डा अनुसार नेपाली कांग्रेस ६ महानगरपालिका र ११ उपमहानगरमा नै छाएको छ । नेपाली कांग्रेसले सबै पालिकामा मेयर र उपमेयरका उम्मेदवार खडा गरेको छ । कांग्रेसले अन्यले मेयरमा उम्मेदवारी दिएको ठाउँमा उपमेयरमा उम्मेदवारी दिएको छ । कांग्रेसले मेयरमा उम्मेदवारी दिएको ठाउँमा अन्य तीन पार्टीले उपमेयरमा उम्मेदवारी दिएका छन् । कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार ६ महानगरपालिका र ११ उपमहानगरमा नै छन् । यसको मतलब अन्य पार्टीले मेयरको उम्मेदवारी दिएको ठाउँमा कांग्रेसका उपमेयर उम्मेदवार छन् ।

भरतपुरमा कांग्रेसका कारण माओवादीलाई चुनाव हार्ने डर छ भने समाजवादीलाई पोखरामा पनि त्यही डर छ । कांग्रेसका शीर्ष नेतालाई लगेर कांग्रेसी कार्यकर्तालाई थमथम्याउने योजनामा माओवादी र एकीकृत समाजवादी छ । कांग्रेसको दर्बिलो साथ नपाए चुनाव हार्ने डर गठबन्धनका अन्य दलमा छ ।

May be an image of text

प्रतिक्रिया