खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गर्यो : डा.गेब्रेयसस
नेपालखोज
२०७९ वैशाख ८ गते १९:४४

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
आज काठमाडौं आइपुगेका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटेका हुन् । भेटवार्ताको क्रममा नेपालमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।
भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने विषयमा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुशी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताए ।
भेटवार्ताको क्रममा उनले कोभिड-१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया