डब्ल्युएचओका महानिर्देशकद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन
नेपालखोज
२०७९ वैशाख ९ गते २०:३५

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गरेका छन् ।
प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार डब्ल्युएचओका महानिर्देशक टेड्रोसले जीन सिक्वेन्सिङ प्रयोगशालाको र पिसिआर मेसिनको अवलोकन गरेका हुन् । डब्लुएचओको सहयोगमा जीन सिक्वेन्सिङ प्रयोगशालाको स्थापना गरिएको थियो।
जीन सिक्वेन्सिङ प्रयोगशालाको नेपालमा नै स्थापना गरेपछि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि विदेश पठाउनु पर्ने बाध्यता हटेको छ । यसअघि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि थाइल्यान्ड, हङकङ, भारतलगायत देशमा लैजानु पर्ने थियो । उनले आजै नै टाइफाइड विरुद्धको खोप अभियानको ललितपुरस्थित पाटन माध्यमिक पुगेर अवलोकन गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया