प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुन्छ: अध्यक्ष सिग्देल

नेपालखोज २०७९ वैशाख ९ गते २१:५१

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली साखाले आज धनगढीमा आयोजना गरेको छलफल तथा चियापान कार्यक्रममा अध्यक्ष सिग्देलले युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौँडामा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको बताए । उनले अहिले होटल बुकिङ भइसकेको भन्दै जेठ ११ र १२ गते नै देशभरिका युनियनमा आबद्ध पत्रकारले आयोजनास्थालमा पुगी अधिवेशन सक्नुपर्ने बताए ।

स्थानीय तहको निर्वाचन, कांग्रेस महासमिति बैठक, कोभिड महामारीलगायतका कारण युनियनको अधिवेशन समयमै गर्न नसकिएको अध्यक्ष सिग्देलको भनाइ छ । – रासस

प्रतिक्रिया