सोमबार, वैशाख १५, २०८२

संसारका दश उत्कृष्ट देश

नेपालखोज २०७९ वैशाख १० गते १९:५५

काठमाडौं । अमेरिकी समाचार संस्था यूएस न्युज एन्ड वर्ल्ड रिपोर्टले संसारका सर्वश्रेष्ठ देशहरुको एउटा सूची निकालेको छ । आधुनिकता, जनसंख्या, भूगोल, अर्थव्यस्था आदि कैंयन् मापदण्डमा आधारित भएर यो सूची तयार पारिएको बताइएको छ ।

नम्बर १, क्यानाडा
अमेरिकाको छिमेकी क्यानाडालाई संसारको सबैभन्दा राम्रो देश मानिएको छ । उसको कुल स्कोर १०० रह्यो । दक्षता र तीव्र परिवर्तन तथा व्यापारिक‍ सुविधाहरुको हिसाबले तेस्रो स्थानमा रहे पनि जीवनक‍ो गुणस्तरका मामिलामा यो देश सबैभन्दा माथि थियो ।

नम्बर २, जापान
जापानक‍ो सबैभन्दा ठूलो खुबी इन्टरपेनरसिप रह्यो, यसमा जापान संसारमै अब्बल साबित भयो । जीवनको गुणस्तरमा तेह्रौं स्थानमा भए पनि जीवनमा सांस्कृतिक प्रभावका हिसाबले जापान छैटौं नम्बरमा छ । जापानक‍ो कुल स्कोर ९९.१ रह्यो ।

नम्बर ३, जर्मनी
९८ स्कोरका साथ जर्मनी तेस्रो स्थानमा छ । जर्मनी इन्टरपेनरसिपमा दोस्रो तथा तीव्र परिवर्तनमा चौथो स्थानमा छ । शक्तिशालीका हिसाबले पनि जर्मनी नम्बर चारमा छ ।

नम्बर ४, स्विट्जरल्यान्ड
स्विट्जरल्यान्डको स्कोर ९७.३ छ । स्विट्जरल्यान्डको सबैभन्दा ठूलो खुबी जीवनको गुणस्तर रह्यो । जीवनको गुणस्तरका हिसाबले स्विट्जरल्यान्ड संसारकै पाँचौं उत्कृष्ट देश हो भने समग्रमा चौथो ।

नम्बर ५, अस्ट्रेलिया
९६.६ स्कोरका साथ अस्ट्रेलिया यो सूचीको पाँचौं स्थानमा छ । फुर्तीका साथ परिस्थिति मुताबिक आफूलाई ढाल्नु यो देशको सबैभन्दा ठूलो विशेषता मानिएको छ जसमा यो संसारकै दोस्रो नम्बरमा छ । अस्ट्रेलियाको बिजुलीको अवस्था भने त्यति राम्रो छैन र बिजुलीको मामिलामा यो संसारको सोह्रो नम्बरमा छ ।

नम्बर ६, अमेरिका
अमेरिकाले ९३.३ अंक प्राप्त गरेको छ । यो संसारकै सबैभन्दा शक्तिशाली देश पनि हो । तीव्र गतिमा आफैंलाई बदल्ने मामिलामा पनि अमेरिका एक नम्बरमै छ । व्यापारिक सुविधाका हिसाबले अमेरिकाको स्थान ४५ नम्बरमा छ ।

नम्बर ७, न्युजिल्यान्ड
अस्ट्रेलियाक‍ो छिमेकी न्युजिल्यान्डले ९२.२ अंक पाएको छ । न्युजिल्यान्डको सबैभन्दा ठूलो खुबी व्यापारका लागि उपलब्ध सुविधा हो जसमा ऊ संसारको छैटौं स्थानमा छ । एडभेन्चरका मामिलामा न्युजिल्यान्डले सातौं स्थान प्राप्त गरेको छ ।

नम्बर ८, बेलायत
बेलायत ९२.३ अंकका साथ यो सूचीको नम्बर आठमा छ । बेलायतको सबैभन्दा बलियो पक्ष जीवनमा सांस्कृतिक प्रभाव तथा इन्टरपेनरसिप हो । यी दुवै मामिलामा बेलायत संसारक‍ो चौथो स्थानमा छ ।

नम्बर ९, स्विडेन
९०.६ स्कोर ज‍ोडेक‍ो स्विडेनमा जीवनको गुणस्तर निकै राम्रो छ । सामाजिकता र व्यापारको मामिलामा पनि स्विडेन उत्कृष्ट मानिएको छ ।

नम्बर १०, नेदरल्यान्ड
नेदरल्यान्डले ८८.३ अंक जोडेको छ । नेदरल्यान्डक‍ो सबैभन्दा राम्रो पक्ष सामाजिकता ह‍ो जसमा ऊ संसारक‍ो पाँचौं स्थानमा छ । जीवनक‍ो गुणस्तरका हिसाबले नेदरल्यान्ड संसारको सातौं नम्बरमा छ ।

प्रतिक्रिया