आइतबार, वैशाख २८, २०८२

कसरी जोगिने एक्सईको चौथो लहरबाट ?

नेपालखोज २०७९ वैशाख १० गते १८:५७

काठमाडौं । एक्सई भेरिएन्ट ओमीक्रोनको बीए.वान तथा बीए.टूको मिश्रित रूप हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बीए.टू को तुलनामा एक्सई भेरिएन्ट दशगुणा तीव्र गतिमा फैलन्छ ।

लक्षण
अहिले सम्म एक्सइ भेरिएन्टको खासै लक्षण पत्ता लागेको छैन । यो ओमिक्रोनका दुई भेरिएन्ट मिलेर तयार भएको हुनाले यसका लक्षण पनि ओमिक्रोनकै बीए.वान तथा बीए.टू भेरिएन्टसँग मिल्दो-जुल्दो भएको अनुमान लगाइएको छ । यदि ज्वरो, खोकी, सास लिन गाह्रो, थकान, शरीर तथा टाउको दुख्ने, गलामा खसखस, नाक बग्ने वा पखाला आदिको लक्षण छ भने तत्काल स्वास्थ जाँच गराउनु उपयुक्त हुन्छ । भनिन्छ यस्तो नयाँ कम्बिनेसन तयार तब मात्र हुन्छ जब कुनै व्यक्ति एकभन्दा बढी भेरिएन्टबाट इन्फेक्टेड छ ।

ओमिक्रोन र यसका प्रकार
ओमिक्रोन सार्स-कोभ-२ भाइरसकै एउटा प्रकार हो जुन पहिल‍ोपटक ११ नोभेम्बर २०२१ मा बोत्सवानामा फेला परेको थियो । २६ नोभेम्बरमा डब्ल्यूएचओले यसलाई चिन्ताको विषय बताएको थियो । त्यसपछि यो संसारभर फैलन थाल्यो र यसले डेल्टाको स्थान लिँदै कोभिडको सबैभन्दा तीव्र प्रसार हुने भेरिएन्टका रुपमा आफूलाई स्थापित गर्यो । त्यही बेलादेखि ओमिक्रोन अलग-अलग वंश वा आनुवंशिक रूपसँग सम्बन्धित उप-प्रकारहरुमा विकसित भइरहेको छ । यसमा मूल ओमिक्रोन बीए.वा (B.1.1.529), बीए.२, बीए.थ्री तथा बीए.फोर सामेल छन् ।

बीए.टू तुलनात्मक रुपमा बीए.वान भन्दा बढी संक्रामक छ । यसैगरी यसका बीए.थ्री तथा बीए.फोर सब-भेरिएन्ट पनि फेला परिसकेको छ जसका बारेमा पर्याप्त जानकारी संकलन भइसकेको छैन । संक्रमणको मामिलामा बीए.टू निकै अगाडि छ । अहिले यो सार्स-कोभ-२ भाइरस को नयाँ प्रमुख रूप साबित भइसकेको छ । डब्ल्यूएचओले आधिकारिक रुपमा २२ मार्च २०२२ मा यसको जानकारी सार्वजनिक गरेको थियो ।

के हो ‘पुनः संयोजन’ ?
हामिले भाइरसका नयाँ रूपहरु आएको देखेका छौं । सार्स-कोभ-२ भाइरस सब-भेरियन्टस वा विभिन्न वंशको विकास वा अन्य तरिकाले पनि परिवर्तित भइरहेको छ ।

भाइरसक‍ो अनुवंशिक सामग्री मिश्रित भएर एउटा नयाँ पुनः संयोजित भाइरस बन्न सक्छ जसमा त्यसको एक वा दुई मूल भाइरसको गुण हुन्छ । त्यसैले पुनः संयोजित भाइरसको गुण के कुरामा निर्भर गर्छ भने मूल भाइरसबाट अनुवंशिक सामग्रीको कुन भाग लिएर नयाँ संस्करण बन्छ- यो त्यस्तै प्रक्रिया हो जसमा हाम्रो नाक आमाको जस्तो र आँखा बुबाको जस्तो हुन्छ ।

जब डेल्टा र ओमिक्रोन पुनर्संयोजित हुन्छन् तब परिणामी सन्तानलाई ‘डेल्टाक्रोन’ का रूपमा चिनाइन्छ । यस प्रकारक‍ो पुनः संयोजन पहिल‍ोपटक फेब्रुअरीको मध्यतिर फ्रान्समा पहिचान गरिएको थियो ।

एक्सई कहाँ फैलिरहेक‍ो छ ?
एक्सई बीए.१ र बीए.२ को पुनर्संयोजन हो । यूकेमा एक्सक्यू, डेनमार्कमा एक्सजी, फिनल्यान्डमा एक्सजे तथा बेल्जियममा एक्सकेसहित अन्यमा बीए.वान र बीए.टू पुनः संयोजित भएका छन् । एक्सई अहिले भारत, चीन तथा थाइल्यान्डमा पनि पहिचान गरिएको छ । सुरुमा एक्सई बढ्ने रफ्तार बीए.२ भन्दा बढी अलग थिएन तर अहिले यूकेको तथ्यांकले के देखाएको छ भने यसको वृद्धिदर बीए.टूको तुलनामा १० देखि २० प्रतिशत बढी छ ।

एक्सई, बीए.टूको तुलनामा केही बढी संक्रामक हुने सम्भावना छ । बीए.वानभन्दा बीए.टू केही बढी संक्रामक थिय‍ो भने बीए.वान डेल्टाको तुलनामा बढी संक्रामक थियो ।

कति चिन्ता गर्ने ?
हाम्रो इम्युनिटी पावर जसले कोभिड-१९ बाट जोगाउन मद्दत गर्छ त्यो हामीले लगाएको खोप तथा पहिले भएको संक्रमणबाट उत्पन्न हुन्छ । एक्सई मूल रूपले बीए.टू समान नै भएकाले यसविरुद्ध हाम्रो सुरक्षा कम हुने अवस्था छैन । भाइरसको नयाँ रूपका साथसाथै पुनः संयोजित रुपको प्रभाव कम गर्ने सबैभन्दा राम्रो उपाय अतिसंवेदनशील मानिसहरुको संख्या कम गर्दैन जाने नै हो र यसका लागि बढी भन्दा बढी मानिसलाई खोपको सुरक्षा घेरामा ल्याउनुपर्छ । त्यससँगै कोरोना प्रोटोकलको पालना त छँदै छ ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया