युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उनले नयाँ पुस्तालाई उत्पादनमा जोड्नका लागि युवा उद्धमीको संस्था संस्था ७५३ स्थानीय तहमा विस्तार हुनुपर्ने बताइन् ।

मन्त्री भुसालले भनिन, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुपछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” उनले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठिन गरेर उद्धममा प्रेरित गर्नुपर्ने बताईन् ।
परम्परागत पितृ सत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै उनले महिला उद्यमीहरूले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमसिलतामा अब्बल हुनुपर्नेमा जोड दिइन् । राजनीति, स्वाथ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै मन्त्री भुसालले महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयमा ध्यान दिनुपर्ने बताईन् ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्नकै आफूहरू लागि परेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई संगठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया