सोमबार, असार १६, २०८२

बालबालिकामा देखिँदै छ कोरोना

नेपालखोज २०७९ वैशाख ११ गते ९:४७

काठमाडौं । कोरोनाको चौथो लहरले एसियाका कतिपय मुलुकको ढोका ढकढक्याइ सकेको छ । यसपटक एकदम नौलो के पाइएको छ भने स्कुल-कलेजका छात्रछात्रालाई कोरोनाविरुद्धको खोप दिइए पनि उनीहरु नै यो नयाँ भेरियन्ट एक्सईबाट संक्रमित भएको पाइएको छ ।

कोरोना महामारीका कारण लामो समय घरैमा बन्द बालबालिका फेरि स्कुल जान थाले पनि सावधानी बढाउनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । यसले स्वभाविक रूपमा चिन्ता थपेको छ ।

के फेरि आउँदै छ कोरोनाको अर्को लहर ?
अहिले खुला सिमाना भएको हाम्रो छिमेकी मुलुक भारतको राजधानी दिल्लीसहित हाम्रो सोझो सम्पर्क भएका प्रमुख सहरहरुमा कोरोनाका संक्रमितहरु बढ्न थालेको भन्दै विभिन्न सुरक्षा उपाय अपनाउन थालिसकिएको छ । भनिन्छ शिक्षक-शिक्षिकासहित छात्र-छात्राहरुमा कोरोना संक्रमण पाइएपछि दिल्ली-एनसीआरका कैंयन् स्कुल बन्द गरिएका छन् । एकपटक फेरि अनलाइन कक्षा सुरु भएको छ ।

के गर्ने ?
नेपालका लागि अहिले सावधानीबाहेक चिन्ताको स्थिति छैन । यद्यपि यहाँ सबै आमा-बुबाहरु जागरूक रहनुपर्ने आवश्यकता भने छ । किनभने कोरोना महामारीविरुद्धको लडाइँ समाप्त भएको छैन बरु उल्टै चौथो लहरले एसिया तथा युरोपका देशहरुलाई सताउन थालेक‍ो छ । यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई स्कुल पठाउने अभिभावकहरुले केही कुरामा ध्यान पुर्याउनै पर्छ । अहिलेको अवस्थामा यस्ता केही लक्षण देखिए छोराछोरीहरुलाई स्कुल नपठाउनुहोस् :

यी विशेषतामा ध्यान दिउँ
कतिपय बालबालिकामा कोरोनरी हृदय रोगको लक्षण देखा पर्नसक्छ भने कतिपयमा लक्षण देखिँदैन । बालबालिकामा कोरोनाका सामान्य लक्षणका रुपमा खोकी तथा ज्वरोजस्ता लक्षण देखिन सक्छ । अभिभावकहरुले यी लक्षणको ख्याल राख्नुपर्छ ।
-ज्वरो
-लगातार खोकी
-छातीमा पीडा
-गन्ध तथा स्वादमा कमी
-खराब गला
-पेट तथा आँतमा समस्या
-मांशपेसीको पीडा
-टाउको दुख्नु

बालबालिकालाई खोकी लागे सावधान
जर्नल पिडियाट्रिक्समा प्रकाशित अध्ययनअनुसार क्रुप शिशु तथा साना केटाकेटीको एउटा ठूलो समस्या रहँदै आएको थियो । क्रुप माथिल्लो वायुमार्गको एउटा संक्रमण हो जुन स्वास लिन कठिनाइ हुने तथा खोकीको कारण बन्छ । त्यसैले स्वर नली वरपर सुन्निए-नसुन्निएको विचार पुर्याउनुपर्छ । यसमा आमाबुबाले नै बालबालिकाको लक्षणहरुको ख्याल राख्नुपर्छ ।

गम्भीर स्थितिमा बालबालिकामा मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमको लक्षण देखिन सक्छ । यस्तो स्थितिमा हृदय, फोक्सो, रक्त वाहिका, पाचन तन्त्र, मस्तिष्क, छाला वा आँखासहित केही अंग अनि आँत सुन्निने समस्या उत्पन्न हुन सक्छ ।

बालबालिकामा कोरोनाको गम्भीर लक्षण
-बान्ता
-पखाला
-पेटमा पीडा
-छालामा रातो दाना देखिनु
-थकान
-श्वासको गति बढ्नु
-आँखा रातो हुनु
-जिब्रो रात‍ो हुनु वा सुन्निनु
-श्वास लिन गाह्रो हुनु
-चनाखोपनमा कमी
-छाला, ओठ वा नङ पहेंलो हुनु ।

यदि बालबालिकालाई सन्चो छैन भने उनीहरुलाई स्कुल नपठाउँ भलै उनीहरुको बिमारी सिकिस्त नहोस् । याद राखौं, फ्लू, सामान्य सर्दी, श्वाससम्बन्धी समस्या वा कोभिड सबै बालबालिकाहरुका लागि उत्तिकै चुनौतीपूर्ण हुन्छन् ।

कोरोनाबाट कसरी जोगाउने ?
के कुरा ध्यानमा राखौं भने, कोरोनाका संक्रमितहरु घटेका छन् तर यसको खतरा टरिसकेको छैन । बालबालिकाहरुमा कोरोनासम्बन्धी नीति-नियम पालन गर्ने बानी बसालिदिनुहोस् । यदि बालबालिका भ्याक्सिनयोग्य छन् भने भ्याक्सिन दिलाउनुहोस् । यसक्रममा मास्क, सामाजिक दूरी तथा स्वच्छताजस्ता कुरालाई अनिवार्य बनाउनुपर्छ ।

प्रतिक्रिया