पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग, पछिल्ला निर्णयहरु सार्वजनिक गर्ने

नेपालखोज २०७९ वैशाख १२ गते ९:३२

काठमाडाैं । निर्वाचन आयोगले गत बिहीबारपश्चाद् आजसम्म गरेका स्थानीय तह निर्वाचनसम्बन्धी निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दैछ । दिउँसो ४ बजे निर्वाचन आायेगमा पत्रकार सम्मेलन गरी पछिल्ला निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा प्रकाशित स्थानीय तहको निर्वाचनका लागि प्रयोग हुने मतपत्र उम्मेद्वारीको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै निर्वाचन प्रचारप्रसारको लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्ने भएपनि स्थानीय तह सदस्य निर्वाचनका लागि छपाई गर्नुपर्ने मतपत्र मौजुदा पूर्वाधारको उपयोग, सुरक्षा संवेदनशीलता र ढुवानाका कारण त्यस अगावै छाप्नुपरेको स्पष्ट पारेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५ को उपदफा (५) मा यस्तो व्यवस्था गरिएको छ । नेपालको भौगोलिक बनावटका कारण विभिन्न स्थानमा १५ दिन अघि मतपत्र छपाइ गरी ढुवानी गर्न कठीन हुने भएकोले स्थानीय तह निर्वाचनको लागि दल दर्ताको प्रक्रिया पूरा भइसकेपछि मतपत्र छापिएको स्पष्ट पारेको छ ।

स्थानीय तहको निर्वाचनका लागि प्रयोग हुने मतपत्र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन नभइकन नै मतपत्र छापिएको भन्दै विभिन्न राजनीतिक दलहरुले आपत्ति जनाउँदै आएका थिए । निर्वाचन आयोगले साताको प्रत्येक सोमबार र बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी निर्णयहरु सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया