गठबन्धनको भन्दा दोब्बर मत ल्याएर काठमाडौंको मेयरमा निर्वाचित हुने स्थापितको दाबी

नेपालखोज २०७९ वैशाख १२ गते १४:२५

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरे ।

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे । उनले भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा वाग्मती प्रदेशका पूर्वमन्त्री र निवर्तमान प्रदेशसभा सदस्य हुन् । उनले मेयरमा उम्मेदवारी दिनका लागि पदबाट हिजोमात्र राजीनामा दिएका थिए ।

यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।

प्रतिक्रिया