शुक्र तथा शनि ग्रहको राशि परिवर्तन

ज्योतिष शाश्त्रमा ग्रहहरुको राशि परिवर्तन निकै महत्त्वपूर्ण मानिन्छ । अप्रिलमा अहिलेसम्म मंगल, बुध, राहु, केतु तथा गुरुले राशि परिवर्तन गरिसकेका छन् । केही दिनपछि अब शुक्र तथा शनि ग्रहले राशि परिवर्तन गर्दै छन् । वैशाख १४ गते (२७ अप्रिल) शुक्रले राशि परिवर्तन गर्नेछन् भने वैशाख १६ गते (२९ अप्रिल) मा शनि ग्रहले राशि परिवर्तन गर्नेछन् । शुक्र र शनिको यो राशि परिवर्तनले विभिन्न राशिमा पार्ने प्रभाव :
मेष – व्यर्थको क्रोधबाट जोगिनुहोस् । आमाको स्वास्थ्यको ख्याल राख्नुपर्नेछ । भवनको रेखदेख तथा साज-सज्जामा खर्च गर्नुपर्ने हुनसक्छ ।
वृष – आत्मविश्वास बढे पनि दिक्क लागिरहन सक्छ । नोकरीमा कार्य क्षेत्र परिवर्तनको योग छ । कठिनाइहरु पनि आइलाग्न सक्छन् ।
मिथुन – नोकरीमा जिम्मेवारी बढ्न सक्छ । मिहिनेत बढी गर्नुपर्नेछ । आमाको स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक स्थलको भ्रमण हुनसक्छ ।
कर्कट – नोकरीका लागि गरिएको प्रयासले सुखद नतिजा दिनेछ । राज्यको सहयोग पाइनेछ । आय वृद्धि हुनेछ भने स्थान परिवर्तनको योगसमेत देखिन्छ ।
सिंह – मन अशान्त रहनेछ । आत्मविश्वासको कमी होला । पिताको स्वास्थ्यमा ध्यान पुर्याउनुपर्नेछ । नोकरी वा कार्यक्षेत्रमा स्थितिमा सुधार आउनेछ । खर्च वृद्धिको योग छ ।
कन्या – मन शान्त भए पनि संयमित रहनुहोला । लेखन आदि बौद्धिक कार्यमा व्यस्तता बढ्नेछ । आयको स्रोत विकसित हुनसक्छ । मित्रजन सहयोगी रहनेछन् ।
तुला – संयमित रहनुहोला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । घर-परिवारमा धार्मिक कार्य हुनसक्छ । उपहार वस्त्र प्राप्तिको योग छ ।
वृश्चिक – संगीतमा मन जानेछ । नोकरीमा अतिरिक्त जिम्मेवारी आइलाग्न सक्छ । बुबाको स्वास्थको ख्याल गर्नुपर्नेछ । मित्रजनबाट सहयोग पाइनेछ ।
धन – नोकरी वा कार्यक्षेत्र वृद्धिको योग छ । परिश्रम बढी गर्नुपर्ला । यात्रा खर्च बढ्न सक्छ । आयमा वृद्धि देखिन्छ । स्वास्थ्यको ख्याल गर्नुहोला ।
मकर – मन शान्त रहे पनि आत्मविश्वासको कमी देखा पर्नसक्छ । सन्तानको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । मित्रहरुबाट सहयोग पाइनेछ । बौद्धिक कार्यबाट लाभ लिन सकिनेछ ।
कुम्भ – मन प्रशन्न रहनेछ । वाहन सुख मिल्ने देखिन्छ । खर्च बढ्नेछ । पुराना मित्रसँग पुन: सम्पर्क हुनसक्छ । आयको स्थितिमा सुधार आउनेछ ।
मीन – कुनै मित्रको सहयोगमा सम्पत्तिमा लगानी हुनसक्छ । कारोबारमा ध्यान दिनुपर्नेछ, कठिनाइ उत्पन्न हुनसक्छ । शैक्षिक तथा बौद्धिक कार्यको परिणाम सुखद रहनेछ ।
प्रतिक्रिया