फेवातालमा साइँली डुंगा सरर…

पोखरा । तस्बिरमा पोखरा महानगरपालिका-६ गौरीघाटस्थित फेवातालमा डोरीले बाधेर राखिएको डुंगाहरुको मनमोहक तस्बिर देख्न सकिन्छ ।
पोखरा पर्यटकिय स्थलका रुपमा विश्वभर परिचित छ । पोखरा बाह्य पर्यटकको रोजाइको केन्द्र बन्ने गरेको छ । यहाँको फेवातालको डुंगाका सयरले पर्यटकहरुको भ्रमणमा सुनमा सुगन्धको काम गर्दछ । पोखरा बाह्य मात्रै होइन आन्तरिक पर्यटकको पनि केन्द्रबिन्दू हो । यहाँ वर्सेनी लाखौंको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
कोभिड संक्रमणको समयमा पर्यटकको संख्यामा कमि आएपनि कोरोना संक्रमण कम भइ अवस्था सामान्य बन्न थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्न थालेका छन् । जसले गर्दा कोरोनाले थलिएका यहाँ व्यवसायीलाई केही राहत मिलेको छ ।
कोरोनाको संक्रमण दर कम भइ अवस्था सामान्य बन्दै गएसँगै यस वर्ष थप पर्यटकको आगमन हुने अपेक्षा व्यवसायीले लिएका छन् ।

तस्विर : राधिका कँडेल, रासस

प्रतिक्रिया