कमल थापाले देश विकासको नयाँ अवधारणा अघि सारे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश विकासको नयाँ अवधारणा अघि सारेका छन् । सामाजिक सन्जालमार्फत उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताएका छन् ।
समृद्ध नेपाल निर्माण गर्ने सकिने पनि उनको दाबी छ । देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि उनले बताए । देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला अध्यक्ष थापाले भने देश विकासको नयाँ अवधारणा अघि सारेका हुन् ।
उनले राजतन्त्रको एजेन्डा त्यागेका छन् । अहिले उनले राप्रपा नेपालबाट हिन्दु राष्ट्रको मात्रै एजेन्डा बोक्दै आएका छन् । देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए । अभियानलाई उनले ‘म्याराथन’ दौड भएको बताए ।
महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा उनी पुगेका हुन् ।

प्रतिक्रिया