श्रीलंकामा औषधिको मूल्य ४० प्रतिशतले बढ्याे, भ्याट बढाउने तयारी
नेपालखोज
२०७९ वैशाख २० गते ९:०८

काठमाडाैं । आर्थिक संकटसँग संघर्ष गरिरहेको श्रीलंकाले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ । त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो ।
एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्मले बढेको छ ।
श्रीलंकालीहरू या त छोटो अवधिका लागि मात्रै औषधि लिन बाध्य छन् या उनीहरूले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ । सरकारले औषधिको मूल्यवृद्धि गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ । गम्भीर आर्थिक संकट खेपिरहेको बेला देशको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो । बीबीसी
सम्बन्धित








प्रतिक्रिया