आइतबार, वैशाख २३, २०८१

कृषि विकास बैंकबाट यूएसडी प्रिपेड डलर कार्डको सेवा सुरु

नेपालखोज २०७९ वैशाख २२ गते १२:१७

काठमाडौं । आधुनिक प्रविधिको विकास संगै बैंकिङ क्षेत्रमा पनि विभिन्न किसिमका वस्तु तथा सेवाको विस्तार भइरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार विभिन्न आधुनिक बस्तु तथा सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न र ग्राहकको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न उत्पादन उपलब्ध गराउने सिलसिलामा बैंकले यही वैशाख १५ गतेबाट विधिवत रुपमा यूएसडी प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । जसबाट विदेशी मुद्रामा आम्दानीको स्रोत नभएका तर नेपालभित्रै बसेर ई–कमर्सका माध्यमबाट अनलाइन सपिङ तथा बिल पेमेन्ट गर्न नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको सीमाभित्र रही कारोबार गर्न सकिनेछ ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, उप–महाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरू क्रमशः अजयकुमार रिमाल, हिमलाल पौडेल, सरोजकुमार साह, टंक पोखरेल त्यसैगरी डिजिटल बैकिङ विभागका वरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराई, भूमिराज न्यौपाने, कोमल सिटौला तथा संगिता श्रेष्ठ तथा अन्य कर्मचारीको सहभागिता थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको यूएसडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनीता पौडेललाई कार्ड हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया