आइतबार, वैशाख २३, २०८१

मतदान गर्न जाने यात्रुलाई ‘बस सेवा अफर’, अनलाइनबाट टिकट बुकिङ गरे सुनको असर्फी

नेपालखोज २०७९ वैशाख २२ गते १७:२३

काठमाडौं । वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै बस सेवाले विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत बस सेवा डटकममार्फत अनलाइन टिकट बुकिङ गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन् ।

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवामार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये तीन जनालाई गोलाप्रथामार्फत सुनको असर्फी प्रदान गरिनेछ । यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्सको टिकट प्राप्त गर्नेछन् भने २७ यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरूको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ ।

स्थानीयतह निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पीआर खनालले बताए । उनले भने, ‘निर्वाचनमा धेरै भन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ, यो समयमा धेरै मतदाता गाउँ फर्कनुहुन्छ, उहाँहरूलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उदेश्यले यस किसिमको योजना ल्याइएको हो ।’

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्नसमेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकेटिङ माध्यम हो । बस सेवाले नेपाल भरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बस सेवाको मोबाईल एप्लिकेसन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।

प्रतिक्रिया