देशभर आंशिकदेखि सामान्य बदली रहने, वाग्मतीसहित ४ वटा प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेकोछ भने प्रदेश १ का तराई भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया