सोमबार, वैशाख १५, २०८२

अमेरिकी एक डलरको १२३ रुपैयाँ ६५ पैसा तिर्नुपर्ने, अरुको भाउ कति ?

नेपालखोज २०७९ वैशाख २७ गते ९:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मूल्य १२४ रुपैयाँ २५ पैसा रुपैयाँ तोकेको छ । यस्तै, खरिद मूल्य भने १२३ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन १ युरोको बिक्री मूल्य १३० रुपैयाँ ९० पैसा छ भने खरिद मूल्य १३० रुपैयाँ २७ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को बिक्री मूल्य १५३ रुपैयाँ ११ पैसा छ भने खरिद मूल्य १५२ रुपैयाँ ११ पैसा रहेको छ ।

कोरियन वन एक सयको बिक्री मूल्य ९ रुपैयाँ ७३ पैसा र खरिद मूल्य ९ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै कतारी १ रियालको बिक्री मूल्य ३४ रुपैयाँ १ पैसा र खरिद मूल्य ३३ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया