शुक्रबार, चैत १६, २०८०

चुनाव र मत

अर्जुन पराजुली २०७९ वैशाख २८ गते ८:२७

चुनाव जितेर गएपछि हराउनेलाई मत दिनू !
सबैभन्दा ठूलो स्वरमा कराउनेलाई मत दिनू !
भ्रष्टाचार मन पराउनेलाई मत दिनू !
खान नपाएको झोंकमा
जलेर बर्बराउनेलाई मत दिनू !
देशको झन्डा झिकेर बदलामा
यती, ओम्नी र बतासको
झन्डा फर्फराउनेलाई मत दिनू !
कोरोनाले हामी मरिरहँदा
मौकाले हानेर कमिसन झराउनेलाई मत दिनू !
प्रतिगमनदेखि डराउनेलाई मत नदिनू
प्रतिगमन गर्ने-गराउनेलाई मत दिनू !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया