स्थानीयसँगै पश्चिमी वायुको प्रभाव, आज र भाेलि देशैभर पानी पर्ने सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको र चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएकाे छ । साथै कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै भाेलि दिउँसो प्रदेश नं १, मधेश प्रदेश, र वाग्मती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेकोछ भने अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया