ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो
नेपालखोज
२०७९ वैशाख ३० गते १५:४१

ललितपुर । ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजेसम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ। कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।
उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ। मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिए। अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया