मंगलबार, वैशाख ४, २०८१

खुल्यो ट्यालेन्ट हन्टको अडिसन, विजेतालाई ५० लाख

नेपालखोज २०७९ जेठ २ गते १५:१५

काठमाडौं । टेलिभिजन रियालिटी सो नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ । निर्माता टेकप्रसाद बाँस्तोलाका अनुसार सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।

निर्णायमा भने गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल छन् । हरि शर्माले निर्देशन गर्ने सोको विजेताले ५० लाख रुपैयाँका साथै विभिन्न अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर आयोजकको ठेगानामा पठाउनुपर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दै लैजानुपर्नेछ । विजेताको छनोट भने असोजमा गरिने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया