जनकपुरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साहको अग्रता

जनकपुर । जनकपुरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार शाह सुडी अग्रस्थानमा रहेका छन् । उनले ३,९५६ मत प्राप्त गरेका छन् । सुडीलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । साहले २,०८६ मत प्राप्त गरेका छन् ।
यस्तै मेयर पदकै स्वतन्त्र उम्मेद्वार बलराम महतोले १,११३ मत प्राप्त गरेका छन् । लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका लालकिशोर साहले ४२९ मत प्राप्त गरेका छन् ।
यसैबीच उपमेयरमा किशोरी साहले ३,९६२ मत प्राप्त गरेका छन् । एमालेकी रुणादेवी झाले २,२२५ मत ल्याएकी छन् भने स्वतन्त्र निर्मलकुमार चौधरीले १,४२५ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीकी रिताकुमारी मिश्रले १,०६४, जितेन्द्रकुमार साह हलुवाईले २५७, जनमत पार्टीका सन्तोषकुमार साहले २४१, तराइ–मधेश लोकतान्त्रिक पार्टीका ईश्वर पण्डित कुम्हारले २ सय र स्वतन्त्र उम्म्ेद्वार कुमारी बनिता यादवले ३५ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया