बुधबार, वैशाख १२, २०८१

समृद्धि फाइनान्स र भज्जु चुल्होबीच छुट दिने सम्झौता

नेपालखोज २०७९ जेठ ४ गते १६:०६

काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बिच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावाललाई खाना तथा पेय पदार्थमा ५ हजार रुपैयाँसम्मको बिलमा १० प्रतिशत र ५ हजार भन्दा माथिको बिलमा १२ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक विकास सापकोटा र भज्जु चुल्होका संचालक श्रीमति पार्वती श्रेष्ठले हस्ताक्षर गरेको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया