सुनसहित धीरेन्द्र जैसी पक्राउ

नेपालखोज २०७९ जेठ ५ गते १२:३८

झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका-२ को ३३ वर्षीय धीरेन्द्र जैसी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मंगलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १८२ रुपैया बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताएका छन् ।

पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।-रासस

प्रतिक्रिया