काठमाडौं महानगर मतगणना, स्थापितभन्दा ११,५९६ र सिंहभन्दा १२,३६१ मतले बालेन अगाडि
काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले २४ हजार ६३३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।
पछिल्लो मत परिणामअनुसार स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ११ हजार ५९६ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार २७२ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १२ हजार ३६१ मतले पछाडि छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले १३९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सुनीता डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ६३१६ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३४४९, स्वतन्त्र उम्मेद्वार बेन्जीसिंह महर्जनले १,५२१, विद्या श्रेष्ठ (महर्जन) ले १११९ प्राप्त गरेका छन् ।
प्रतिक्रिया