बैंक अफ काठमाण्डूका ग्राहकलाई फिल गुड बार एन्ड ग्रिलमा १० प्रतिशत छुट
नेपालखोज
२०७९ जेठ ८ गते ११:५१

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फिल गुड बार एण्ड ग्रिलबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फिल गुड बार एन्ड ग्रिलले एयरपोर्ट मोड, विराटनगरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया