शनिबार, वैशाख १५, २०८१

कविता

अर्जुन पराजुली २०७९ जेठ ९ गते १३:४७

गाडी उता, साडी उता
पाखुरा उता, मसल उता
नोटका पेटी उता
मदिराका पसल उता
राँगा, खसी र बोका उता
भ्रष्टाचारका भोका उता
रुख उता, हलो उता
जुलुस उता, नारा उता
हँसिया, हतौडा, आरा उता
घाम उता, तारा उता
पार्टीमा प्रवेश गर्ने सारा उता
तर
एउटा भोटचाहिँ यता !!!

बधाई छ हर्क साम्पाङलाई
बधाई छ धरानलाई !!!!!!!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया