बिहीबार, वैशाख १३, २०८१

नीरजलाई पछि पार्दै शुक्र उक्लिए सूर्य नेपाल गल्फ च्याम्पियनसिपकाे शीर्ष स्थानमा

नेपालखोज २०७९ जेठ ११ गते २०:१९

काठमाडाैं । सूर्य नेपाल गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रबहादुर राईले अग्रता बनाएका छन् । उनले दोस्रो स्थानमा रहेका निरज तामाङभन्दा एक स्ट्रोकले अग्रता बनाएका हुन् । 

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको अन्तिम प्रतियोगिताका रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिन शुक्रले ६ अन्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोरबार्ड गरे । दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका नीरजले तेस्रो दिन तीन अन्डर ६९ स्कोरका साथ कुल १५ अन्डर दुई सय एक स्कोरकार्ड खेले । 

पहिलो दिनका लिडर वाङचेनले तेस्रो दिन दुई अन्डर ७० स्कोरका साथ कुल १२ अन्डर दुई सय चार स्कोरकार्ड बनाएका छन् । उनी ओभरअलमा तेस्रो स्थानमा छन् । नेपाल नम्बर एक भुवन नगरकोटी चौथो स्थानमा छन् । उनको कुल १० अन्डर दुई सय ६ स्कोरकार्ड छ । उनले तेस्रो दिन दुई अन्डर ७० स्कोरकार्ड खेले । 

कुल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रो र ११ एमेच्योर खेलाडी छन । प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउनेछ । 

प्रतिक्रिया