बिहीबार, चैत १५, २०८०

कुरानमा के छ ?

नेपालखोज २०७९ जेठ १३ गते ५:०१

इस्लाम मध्यम धर्म हो इस्लाम नै स्वर्ण तथा मध्यम धर्म हो । यसमा कमी-कमजोरी, अतिवाद वा अतिशयोक्ति केही पनि छैन । इस्लामका यी विशेषताहरू यसका हरेक किसिमका उपासना तथा विधि-विधानहरूमा देखा पर्छन् ।

अल्लाहले आफ्नो रसुल (सल्लल्लाहु अलैही व सल्लम), उहाँका साथी र सम्पूर्ण आस्थावानहरूलाई मध्यवर्ती धर्म ग्रहण गर्ने निर्देशन दिनुभएको छ । जुन निम्न दुई कुराबाट परा हुन सक्छ :
१. अतिवाद, अतिशयोक्ति र सीमा उल्लंघन नगर्नु ।
२. इस्लाममाथि दृढतापूर्वक अडिग रहन र अल्लाहका निशानीहरूलाई हृदयदेखि आदर गर्नु ।

अल्लाहले भन्नुभएको छ- ‘तिमी र प्रायश्चित गरेका तिम्रा साथीहरू आदेशअनुसार सत्य मार्गमा सुदृढ रहने गर र सीमा उल्लंघन नगर । निश्चय नै उहाँले तिमीहरूका सम्पूर्ण क्रियाकलापहरूलाई देखिरहनु भएको छ ।’
(कुरान : ११/११२) अर्थात फेरबदल, सीमा उल्लंघन एवम हदपार नगरिकन दृढतापुर्वक सत्यमार्ग माथि कायम रहनु ।

रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले आफ्ना साथीहरूलाई हजको तालिम दिँदै अतिवादबाट सचेत गर्नुभयो र अघिका समुदायको बर्बादीको कारण औल्याउँदै भन्नुभएको छ- ‘हेर, धर्ममा कदापि अतिशयोक्ति गर्नु हुँदैन, किनभने यसले नै तिमीहरूभन्दा अघिका समुदायहरूलाई सर्वनाश गरेको थियो ।’ (इब्ने माजा : ३०२९)
त्यसैले रसुल (सल्लल्लाहु अलैही व सल्लम) ले ‘गर्न सक्ने जति मात्र धर्मकर्म गर्ने आदेश दिनुभयो ।’ ( बखारी : ११००)

रसुल (सल्लल्लाहु अलैही व सल्लम) ले दतत्वको वास्तविकतालाई प्रस्ट पार्दै भन्नुभएको छ- इस्लामले मानिसलाई उसको शक्तिभन्दा
बढी बोझ होइन, बरु शिक्षा, बुद्धि र सहजता प्रदान गर्दछ । उहाँले भन्नुभयो- ‘अल्लाहले मलाई क्रूर र कठोर हृदयी बनाउनु भएको छैन,
मलाई त असल शिक्षक तथा सहजकर्ता बनाएर पठाउनु भएको छ ।’ (मुस्लिम : १४७८)

इस्लाम केवल आध्यात्मिक आवश्यकता होइन, जसलाई मुस्लिमहरू मस्जिदमा सलाह पढेर र दुआ गरेर प्राप्त गर्छन् । यो न त मात्र विचारधारा र आस्था हो, जसलाई मुस्लिमहरू अनुसरण गर्छन् । त्यस्तै न त पूर्ण आर्थिक व्यवस्था हो । सामाजिक ऐन तथा सिद्धान्त बनाउने केही कायदा मात्र होइन ।

त्यस्तै न त व्यवहारमा ल्याउने कुनै नैतिकता र आदर्शको कुरा हो । बरु यो एउटा सम्पूर्ण जीवन व्यवस्था हो, जसले जीवनसँग सम्बन्धित सम्पूर्ण महत्त्वपूर्ण र विश्वव्यापी पक्षहरूलाई समेटेको छ । अल्लाहले मुस्लिमहरूका लागि यो वरदानलाई पूर्ण गरेर ठूलो गुण लगाउन भएको छ । अल्लाहले भन्नुभएको छ- ‘आज मैले तिमीहरूकै निम्ति तिमीहरूको धर्म र आफ्नो वरदानलाई पूर्ण गरे र तिमीहरूका लागि इस्लाम धर्मलाई रोजि सकें ।’ (कुरान : ५/३)

जब एउटा मसुरिक (बहु देववादी) ले इस्लामको अपमान गर्दै र खिल्ली उडाउँदै वरिष्ठ सहाबी ‘सलमान फारसी’ लाई सोध्यो- ‘के तिम्रो साथीले तिमीहरूलाई सबै कुरा सिकाउनु हुन्छ ? यहाँसम्म कि दिसा-पिसाबको तरिका पनि ? जवाफमा उहाँले भन्नुभयो- ‘हो, उहाँले दिसा-पिसाबको तरिकासम्म पनि हामीलाई सिकाउन हुन्छ । त्यसपछि उहाँले उक्त व्यक्तिलाई शौचालय सम्बन्धी इस्लामको सिद्धान्त बताउनुभयो ।’ (मुस्लिम : २६२)
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया