निजी प्रयोजनका कार, जिप र भ्यानको एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

काठमाडौं । निजी प्रयोजनका कार, जिप र भ्यालको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले आग्रह गरेको छ । नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखापरेका समस्यालाई केलाउँदै नाडा प्रोस्पेक्टिभ अन करेन्ट सिनारियो अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइलल्स सार्वजनिक गर्दै नाडाले शुक्रबार यस्तो आग्रह गरेको हो ।
एक खर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रूपमा एक लाख र अप्रत्यक्ष रूपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झन्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जिप र भ्यानलाई आउँदो आसार मसान्तसम्मका लागि त्यसको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।
नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुला गर्न अर्थ मन्त्रालयमा विधिवत् सुझावसमेत पेस गरिसकेको छ । नाडाबाट प्रस्तुत नाडा प्रोस्पेक्टिभ अन करेन्ट सिनारियो अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइल्सबाट नेपालको अटोमोबाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षासमेत राखेको जनाएको छ ।
प्रतिक्रिया