प्रदेश १, वाग्मती र गण्डकीमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । आज (मंगलबार) दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
विभागका अनुसार मंगलबार राति प्रदेश १, मधेसलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ ।
प्रदेश १, मधेस, वाग्मती र गण्डकीका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले बुलेटिनमार्फत जनाएको छ ।

प्रतिक्रिया