आइतबार, वैशाख २८, २०८२

तारा एयरको विमान दुर्घटनाकाे उद्धार कार्यमा खटिए नेपाली सेना (तस्विर सहित)

नेपालखोज २०७९ जेठ १७ गते १६:०९

काठमाडौं । यही जेठ १५ गते पोखराबाट जोमसोमको लागि उडेको तारा एयरलाईन्सको तारा-१९७ जहाज, सम्पर्क विहिन रहेको खबर प्राप्त भएपश्चात नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजतलास सुरु गरेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ जोमसोममा तैनाथ नारायणदल गणबाट खोज तथा उद्धार टोली नौरीकोट इलाकातर्फ मुभ भई उक्त टोलीले नौरीकोट, लार्जुगं, कोबांग र टीटी लेकका सम्भावित इलाकामा खोजी कार्य गरेको थियो ।

घटनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विशेष फौज बाहिनीकको टिम पनि काठमाडौंबाट पोखरा हुँदै कोबांगमा अवतरण गरेको थियो । उक्त टिमकमो हेलिकप्टरद्वारा पोखराबाट मध्य कमाण्ड हे.का.का कमाण्ड सेनापति, रेञ्जर तथा विपद् व्यवस्थापनका टोली (नेपाल प्रहरी सहित) उडान भई खराब मौषमको कारण मुस्ताङ जिल्लाको नार्सांग गुम्बा (कोभाङ्ग) इलाकामा १४१५ बजे अवतरण थियो । उक्त दिन खराब मौसमको बाबजुद हेलिकप्टरबाट पटकपटक विमानको खोजी गर्न उडान गरिएको तथा पैदल फौज संभावित ईलाकामा विभिन्न टुकडीमा परिचालन भएतापनि साँझसम्म कुनै सफलता प्राप्त भएको थिएन ।

जेठ १६ गते सोमबार जोमसोममा तैनाथ नारायणदल गणबाट पैदली फौजले शेकोंग ताल इलाकातर्फ खोजी कार्य गरेको साथै, उच्च शिखर शिक्षालयको टोलीले समेत चिनाङ्ग इलाकातर्फ खोजी कार्य गरेको थियो । लोकल गाईडका अनुसार तसांग-२ सानो सोरे इलाकामा उक्त विमान फेला परेको भनी खबर प्राप्त भए पश्चात फिस टेल एयरद्धारा (नेपाली सेनाका अधिकृतसहित) उक्त एरियामा उडान गरी दुर्घटना ग्रस्त इलाकामा अवतरण भई दुर्घटनाको पुष्टि गरेको थियो ।

तत्पश्चात नेपाली सेनाको रेस्क्यु टिमको हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ उडान भएकोमा प्रतिकुल मौषमको कारण कोबांग फिर्ता भई पुनः ०९२५ बजे रेस्क्यु टिम लिई दुर्घटनास्थलतर्फ मुभ भए। त्यसपछि सैनिक उच्च शिखर शिक्षालयबाट गएको टोली १२१५ बजे दुर्घटनास्थलमा पुगेको थियो । विभिन्न एयरलाईन्सका हेलिकप्टरद्वारा नेपाली सेनाका खोज तथा उद्धार टोली घटनास्थलमा पुगेको थियो । करिब १५०७ बजेसम्म २० जनाको शव रिकभर गरिएको र बांकी दुई मध्ये एक जनाको शव खोंचमा च्यापिएको कारण झिक्न नसकिएको ।

कोबांगबाट नेपाली सेनाको एम आई-१७ हेलिकप्टर मार्फत १० वटा शव काठमाण्डौ ल्याई शव वाहनद्वारा टिचिंग अस्पताल पुर्याईएको थियो । त्यसपछि नेपाली सेना (श्री सैनिक उच्च शिखर शिक्षालय र श्री महाविर शौर्य गणबाट) खोजी कार्य तथा शव सुरक्षाको लागि सोही स्थानमा रहेको । जेठ १७ गते विहानैबाट खोजी कार्यको लागि फौज खटिने योजना रहेको ।ल्याउन नसकिएका शवहरु नेपाली सेनाको हवाई साधनमार्फत जेष्ठ १७ गते काठमाण्डौ ल्याउने योजना रहेको ।

प्रतिक्रिया