अस्पतालको वार्षिकोत्सवमा रक्तदान

नेपालखोज २०७९ जेठ १७ गते २०:२५

काठमाडौं । नेपाल क्यान्सर अस्पतालको पाँचौं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । ललितपुरको हरिसिद्धिमा रहेको अस्पताल परिसरमै गरिएको कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको पनि उपस्थिति थियो ।

अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संयोजन डा. कपेन्द्र अमात्यले गरेका थिए । यस्तै प्रशासन प्रमुख रोजिका प्रधानले सञ्चालन गरेको कार्यक्रममा सहभागी ७९ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा सहभागी सबैलाई शतक रक्तदाता कर्माचार्यले प्रशंसा-पत्र प्रदान गरेका थिए । यस्तै कार्यक्रममा रक्तदाताहरूलाई ब्याचसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया