तीनवटा प्रदेशमा हावा-हुरीसहित वर्षाको सम्भावना, अन्यमा आंशिकदेखि सामान्य बदली रहने

नेपालखोज २०७९ जेठ २० गते ६:११

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वमग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का थोरै स्थानहरुमा र वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया