आइतबार, असार ८, २०८२

सुनचाँदीकै मूल्य बढ्याे

नेपालखोज २०७९ जेठ २० गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया