आइतबार, जेठ ६, २०८१

इन्सोम्नियाको व्यवस्थापन

डा. प्रदीप पाण्डे २०८० असार १० गते ७:५४

सामान्यतया इन्सोम्निया भनेको व्यक्तिलाई रातमा निदाउन गाह्रो हुने अवस्था हो । पर्याप्त मात्रामा निन्द्रा नपुग्दा विभिन्न खालका स्वास्थ्य समस्याहरू निम्तिन्छन् । तसर्थ, इन्सोम्निया पनि एक खालको गम्भीर स्वास्थ्य समस्या हो । चिन्ता विकार ९बलहष्भतथ मष्कयचमभच० भएका व्यक्तिहरूमा इन्सोम्नियाको समस्या प्रबल रूपमा देखा पर्ने गर्छ ।

इन्सोम्नियाका कारण मानिसमा विभिन्न खालका शारीरिक, मानसिक तथा भावनात्मक समस्याहरू देखा पर्न थाल्छन् । सामान्यतया इन्सोम्निया छोटो समयस जस्तो कि केही दिन वा हप्ताका लागि हुन सक्छ । यस्तो खालको असर प्रायः तत्काल सिर्जित परिस्थितिका कारण देखिन सक्छ ।

जस्तै, परीक्षामा राम्रो नतिजा नआउनु, पैसा अभाव हुनु विभिन्न खालका स्वास्थ्य समस्या सिर्जा हुनु जस्ता कारणले लाग्न सक्छ । यस्तो असर केही दिनमै आफैँ हराएर जाने हुन्छ । त्यस्तै अर्को खालको इन्सोम्निया भनेको दीर्घकालीन इन्सोम्निया हो । व्यक्तिमा यसको असर कैयौँ महिनासम्म देखिन सक्छ र यो खतरनाक हुन्छ ।

इन्सोम्नियाको बेलैमा उपचार गर्न सके यसले मानिसमा पुर्याउन सक्ने दीर्घकालीन असलाई कम गर्न सकिन्छ ।
इन्सोम्नियाबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ ।

तनाव व्यवस्थापन :

तनावका कारण इन्सोम्नियाको समस्या हुने सम्भावना अधिक हुने गर्दछ । तसर्थ, तनावको प्रभावकारी व्यवस्थापनमा लाग्नुपर्छ । आफूमा तनाव उत्पन्न गराउने चिजहरूलाई बेलैमा पहिचान गरी तिनको व्यवस्थापनमा लाग्नुपर्छ ।

उपयुक्त सुत्ने वातावरण :

सुत्ने वातावरण उपयुक्त नहुँदा पनि इन्सोम्नियाको समस्या हुन सक्छ । त्यसैले सुत्ने कोठा सफा हुनु आवश्यक छ । यसका साथै ओछ्यान पनि आरामदायी हुनु जरुरी हुन्छ ।

नियमित शारीरिक व्यायाम तथा योग- ध्यान :

नियमित रूपमा शारीरिक व्यायायम तथा योग ध्यान गर्ने अभ्यास गर्नु राम्रो हुन्छ । शारीरिक व्यायामले शरीरमा स्फुर्ति ल्याउनुका साथै सकारात्मक सोच पनि ल्याउन मद्दत गर्छ । जसले व्यक्तिमा इन्सोम्नियाको समस्या समाधानमा मद्दत पुर्याउन सक्छ ।

धूम्रपान तथा मादक पदार्थको सेवन नगर्ने :

धूम्रपान तथा मादक पदार्थ सेवनले पनि व्यक्तिमा इन्सोम्नियाको समस्या देखिन सक्छ । कतिपयले निन्द्राकै लागि भनेर पनि धूम्रपान तथा मादक पदार्थ सेवन गर्ने गर्छन् । तर, यसले कालान्तरमा स्वास्थ्यमा निकै नराम्रो असर गर्ने तथा निदाउनका लागि यस्ता वस्तुहरूमा भर पर्नुपर्ने हुन सक्छ । त्यसैले धूम्रपान तथा मादक पदार्थको सेवन गर्नु हुँदैन ।

चिया तथा कफीजस्ता क्याफिनयुक्त वस्तुको कम प्रयोग :

चिया तथा कफीजस्ता क्याफिनयुक्त वस्तुको अधिक प्रयोग गर्दा पनि इन्सोम्नियाको समस्या देखिन सक्छ । चिया तथा कफीमा क्याफिन नामक तत्त्व हुन्छ । यसले शरीरलाई उत्तेजित पार्ने हुँदा निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।

सुत्नुअघि इलेक्ट्रोनिक डिभाइसको कम प्रयोग :

सुत्नुअघि इलेक्ट्रोनिक डिभाइसको प्रयोग कम प्रयोग गर्नुपर्छ । आजभोलि राति अबेरसम्म मोबाइल, टिभी जस्ता विद्युतीय साधनहरू अधिक प्रयोग गर्ने चलन बढ्दै गएको छ । जसले व्यक्तिको निन्द्रामा असर पुर्याउँछन् । त्यसैले यस्ता साधनको प्रयोग कम गर्नुपर्छ ।

प्रतिक्रिया