वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न विभागले नयाँ कदम चाल्याे, प्रभावकारी हुने दाबी

काठमाडौं । वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ । वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न विभागले यस्तो कदम चालेको हो । देशमा वैदेशिक रोजगारको विभिन्न बाहना र प्रलोभनमा ठगीका क्रियाकलाप बढ्दै गएका छन् । विभागले पनि गहन अध्ययन र गुनासोको आधारमा आरआरटी धारणा अघि बढाएको हो ।
विभागले वैदेशिक रोजगारका नाममा रकम असुल गरेको, विदेशमा लगि अलपत्र पारेको वा श्रम स्वीकृति नलिई भिजिट भिसा लगायतका अन्य भिसामा वैदेशिक रोजगारीमा पठाएमा खबर गर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले रोजगारीमा पठाई दिने आश्वासन दिई ठगी गरिरहेका छन् । विदेशमा आकर्षक रोजगारको प्रलोभनमा पारिरहेको भए शिघ्र खबर गर्न विभागले आग्रह गरेको छ ।
यस्तै,वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा तत्काल कानुनी कारबाही अघि बढाउन शीघ्र प्रत्यूत्तर टोली गठन गरिएको विभागले दाबी गरेको छ ।
प्रतिक्रिया