बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ जेठ २० गते १८:३१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार काठमाडौंको गागलफेदी गाविस वडा नं २ हाल परिवर्तित ठेगाना कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ शंखरापुर घर भएका ४८ वर्षिय रामेश्वर चौलागाईलाई बिहीबार काठमाडौंको भिमसेन गोलाबाट पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको बिसं २०७९ बैशाख चार गतेको फैसलाले चौलागाईउपर एक करोड रुपैंयाँ जरिवाना र एक महिनाा जेल सजाँय हुने ठहर भएको थियो ।

सो पश्चात फरार रहेका बिहिबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जेठ २० गते शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गराइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया