भाेलि देशभर सार्वजनिक बिदा
नेपालखोज
२०७९ जेठ २० गते १९:०३

काठमाडाैं । सरकारले भाेलि शनिबार देशभर सार्वजनिक बिदा दिएकाे छ । मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले देशभर सार्वजनिक बिदा दिएको हो ।
‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थिति रहेकाे छ ।’ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘यस अवसरमा मर्यादित रुपमा उक्त अवसरलाई मनाउन अनुरोध गर्दछ ।’

सम्बन्धित

प्रतिक्रिया