आइतबार, जेठ ६, २०८१

एनसीसी कप अन्तर्गत अन्तिम अभ्यासमा नेपालकाे जित

नेपालखोज २०७९ जेठ २२ गते ७:४६

काठमाडाैं । एनआरएनए एनसीसी कप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले सहज जित निकालेको छ । पहिलो खेल हार ब्यहोरेको नेपालले दोस्रो खेलमा २९ रनले जित निकालेकाे हाे । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रनमा अलआउट भयो ।

नेपालले सुरुवात भने राम्रो गर्न सकेन । मात्र चार रन हुँदा ओपनर कुशल भुर्तेल ब्यक्तिगत एक रनमा आउट भए । त्यसपछि सुनील धमला ब्यक्तिगत १३ रनमा आउट हुँदा नेपालले ३७ रनमा दोस्रो विकेट गुमायो । लगत्तै ३८ रन हुँदा नेपालले तेस्रो विकेट गुमायो । देव खनाल ब्यक्तिगत १९ रनमा पेभेलियन फर्किए । 

नेपालले दुई विकेट गुमाएपछि क्रिजमा आएका रोहितले दिपेन्द्रसिंह ऐरीसँग ६१ रनको साझेदारी गरेका थिए । त्यपछि उनले आरिफ शेखसँग शतकीय साझेदारी गरेका थिए । उनले पाँचौं विकेटका लागि आरिफसँग एक सय आठ रनको साझेदारी गरेका थिए । 

दिपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा नेपालको स्कोर ९८ रन थियो । त्यसपछि नेपालको स्कोर दुई सय ६ रन हुँदा पाँचौं विकेट झरेको थियो । रोहित शतक बनाएर आउट भए । त्यसपछि विनोद भण्डारी ब्यक्तिगत चार रनमा आउट भएपछि नेपालले दुई सय १९ रनमा ६ विकेट झरेको थियो ।

प्रतिक्रिया