सोमबार, पुष ७, २०८२

नेसनल लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटीका विजेता अभिकर्तालाई सम्मान

नेपालखोज २०७९ जेठ २२ गते १६:२९

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अर्थात मिलियन डलर राउन्ड टेबलका विजेता अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

कम्पनीका अनुसार झापामा शनिबार गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्ताहरूलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० विजेता अभिकर्तालाई एमडीआरटी, सीओटी, टीओटीजस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिएका थिए ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरूको प्रतिष्ठित संस्था एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेबलमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबाट चारजना सीओटीसहित १५७ जना अभिकर्ता एमडीआरटीका लागि योग्य भएका थिए ।

प्रतिक्रिया