सोमबार, पुष ७, २०८२

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश

नेपालखोज २०७९ जेठ २२ गते १६:५७

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स १४ औँ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ ।

सवल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बिमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ । कम्पनीको सफलताले हामी हर्षित छौं । साथै आगामी दिनहरूमा अझ उत्कृष्ट जीवन बिमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको छ । र भविश्यमा थप बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने विश्वास गरेका छौं, कम्पनीले बिज्ञप्ती मार्फत भनेको छ ।

बिमितहरूको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बिमा क्षेत्रमा नै पृथक खालको आकर्षक बिमा योजनाहरू ल्याउन सफल भएको कम्पनीले जनाएको छ । हाल कम्पनीले १७ प्रकारका बिमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरूले आवश्यकताका आधारमा जुनसुकै बिमा योजना अन्तर्गत बिमा गर्न सक्नेछन् ।

जेठ २२ गतेका दिन स्थापना भई सञ्चालन भएको १४ वर्ष पूरा भई १५औँ बर्षमा प्रवेश गर्न लागेको अवसरमा मिति २०७९ जेठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्वअन्र्तगत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातिको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो ग्राहकहरूको बिमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बिमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरूले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ । सुरुदेखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरूको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरूमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । ग्राहकमैत्री सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरूको कार्यमा थप सहज भई निजहरूको सन्तुष्टि बढ्ने विश्वास गरेको छ ।

कम्पनीले देशभरमा विभिन्न एक सय ५५ भन्दा बढी स्थानबाट छिटो तथा सहज जीवन बिमा सेवा उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया