शुक्रबार, चैत १६, २०८०

बंगलादेशमा आगलागीमा परि मृत्यु हुनेको संख्या ४९ पुग्यो, ४५० भन्दा बढी घाइते

नेपालखोज २०७९ जेठ २२ गते १९:२८
प्रतीकात्मक तस्बिर

ढाका । बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

उक्त घटनामा परि घाइते भएकाको संख्या ४५० रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो ।

घाइतमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परि ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी घाइते भएका जनाइएको छ ।

यहाँका दर्जनौं अग्निनियन्त्रक समूह आगो निभाउन लागिपरेका बताइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए ।

चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पुष्टि गरेका छन् ।

प्रतिक्रिया