काठमाडौंको फोहोर फाल्दा बन्चरेडाँडाँवासीको अवरोध, प्रहरीद्वारा बल प्रयोग
नेपालखोज
२०७९ जेठ २४ गते १४:५९

काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्न गएका गाडीमाथि आन्दोलित स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । सोमबार फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा रोकेका छन् ।
प्रहरी भने बल प्रयोग गर्दै फोहोरका गाडी लिएर अघि बढिरहेको छ । प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित १४ जनालाइ पक्राउ गरेको छ । धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा मंगलबार बिहानैदेखि स्थानीयले धर्ना जारी राखेका छन् । प्रहरीले आन्दोलन गर्ने स्थानीयबासीको घरभित्रै पुगेर नियन्त्रणमा लिएको छ ।
सम्बन्धित

प्रतिक्रिया